Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई देखाउँदै पन्छियो एचआइडिसिएल, सेयरधनीले साढे दुई महिनामा पनि पाएनन लाभांस

अर्थ संसार

विहीबार, २४ फागुन २०८०, ०८ : ३२ मा प्रकाशित

सरकारलाई देखाउँदै पन्छियो एचआइडिसिएल, सेयरधनीले साढे दुई महिनामा पनि पाएनन लाभांस

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले नगद लाभांश घोषणा गरेको लगभग साढे दुई महिना बितिसकेको छ ।

तर हालसम्म पनि लगानीकर्ताको खातामा लाभांश भने जम्मा हुन सकेको छैन । कम्पनीले गत पुस ५ गते नै ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको थियो भने पुस १८ गते लाभांश र साधारणसभा प्रयोजनका लागि बुक क्लोज पनि गरिसकेको छ । पुस २९ गते साधारणसभा पनि सम्पन्न गरि पारित भएको लाभांश हालसम्म पनि लगानीकर्ता प्राप्त गर्न सकेका छैनन् । 

कम्पनीहरुले साधारणसभा सकेको एक साता भित्रै पनि नगद लाभांश लगानीकर्ताको खातामा पठाउने गरेका छन् । तर एचआइडिसिएलको भने साधारणसभा सकेको नै एक महिना बढी बितिसकेको छ ।

बोनस सेयरका हकमा कम्पनीहरुले सेयर सूचीकृत गर्न केही समय लाग्ने भए पनि नगद लाभांश दिन भने खासै समय नलाग्ने अरु कम्पनी हेरेरै बुझ्न सकिन्छ । उसो त एचआइडिसिएलले गत वर्ष दिएको बोनस सेयर बुक क्लोजको पाँच महिना पछि मात्रै लिस्टिङ भएको थियो । यस बारे बुझ्न खोज्दा कम्पनीको मूख्य लगानीकर्ता नेपाल सरकार भएको हुँदा अर्थ मन्त्रालयबाट स्वीकृति लिएर मात्रै लाभांश बाँड्न मिल्ने जनाइएको छ । 

सार्वजनिक लगानीकर्ता समेत भएको कम्पनीको साधारणसभाले पारित गरेको बोनस प्राप्त गर्न मन्त्रालयको स्वीकृति कुर्दा आम लगानीकर्ताले अन्यायको महसुस त गरेका छन् नै आगामी दिनमा आउने सरकारको लगानी भएको कम्पनीको सेयरमा लगानी गर्नुपूर्व एक पटक सोच्नु पर्ने समेत अवस्था उत्पन्न भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको