Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, ४ प्रतिशत लाभांश दिने

अर्थ संसार

आइतबार, २७ फागुन २०८०, १० : १४ मा प्रकाशित

ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, ४ प्रतिशत लाभांश दिने

ग्रीन डेभलपमेन्ट बैंकले कम्पनीको १० र ११ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई ४ प्रतिशत लाभांशको व्यवस्था गरेको छ ।

फागुन २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चैत २७ गते कास्कीको पोखरास्थित मेजेष्टिक लेक फ्रन्ट होटल एन्ड सुइटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी साधारणसभाबाट पारित गरि कम्पनीले हाल कायम चुक्ता पुँजीको ३.८ प्रतिशतले हुन आउने एक करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.२ प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपैयाँ नगद लाभांश गरि कुल ४ प्रतिशत लाभांशका रुपमा बाँड्न लागेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत ९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत ८ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको