Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तको सिइओमा दिलिप कुमार पोखरेल

अर्थ संसार

आइतबार, २७ फागुन २०८०, १२ : १५ मा प्रकाशित

सामुदायिक लघुवित्तको सिइओमा दिलिप कुमार पोखरेल

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भएर बनेको सामुदायिक लघुवित्तको सिइओमा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् ।

यसैगरी कम्पनीको सञ्चालक समितिमा संस्थापकतर्फ अध्यक्षमा नन्द कुमार महर्जन नियुक्त भएका छन् भने अन्य सञ्चालकमा राजेश्वर अधिकारी, भुपेन्द्र गोपाल श्रेष्ठ र पुष्पराम श्रेष्ठ रहेका छन् । सर्वसाधारणतर्फ सञ्चालकमा नवीन शर्मा र निर्मला नेपाल रहेका छन् भने स्वतन्त्र सञ्चालकमा तीर्थरत्न कोनाजो रहेका छन् ।

दुई लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई फागुन १४ गते देखि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भइसकेको छ । बिपिडब्लुको १०० कित्ता बराबर सामुदायिक लघुवित्तको ८५.३५ कित्ता कायम हुनेगरी मर्जरको स्वाप रेसियो कायम गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको