Like us!
Follow us!
Connect us!
Watch us!

को बन्ला नेपाल रिइन्स्योरेन्सको सिइओ?

अर्थ संसार

सोमबार, २८ फागुन २०८०, १२ : ५२ मा प्रकाशित

को बन्ला नेपाल रिइन्स्योरेन्सको सिइओ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न सात जनाले आवेदन दिएका छन् ।

कम्पनीले प्रमुख कार्यकारी अधिकृत बन्न इच्छुक योग्यता पुगेका नेपाली नागरिकलाई फागुन ७ देखि फागुन २७ गतेसम्म आवेदन खुला गरेको हो । जसअनुसार कम्पनीकै पूर्व कर्मचारीदेखि विभिन्न बीमा कम्पनीका पुर्व सिइओ र डेपुटी सिइओहरुले आवेदन पेश गरेका छन् । आवेदन पेश गर्नेमा बुद्धकाजी श्रेष्ठ, दामोदर भण्डारी, नारायणकुमार भट्टराई, शेखर बराल, श्रीमान कार्की, सुरेन्द्र थापा र उज्ज्वलराज अर्याल रहेका छन् ।

गत पुस ११ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीको कार्यकाल समाप्त भएको थियो । त्यसपछि निमित्तका रुपमा दामोदर भण्डारीले सिइओको पद सम्हाल्दै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको