Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ स्थिर, चाँदी थप महङ्गियो

अर्थ संसार

मंगलबार, २९ फागुन २०८०, १० : ४६ मा प्रकाशित

सुनको भाउ स्थिर, चाँदी थप महङ्गियो

मङ्गलबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउमा भने वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो नै सुनको इतिहास कै उच्च मूल्य हो ।

आज चाँदी प्रति तोला एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको पनि यो हालसम्मकै सबैभन्दा महङ्गो मूल्य हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको