Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका डेपुटी सिइओ लगायत ११ बैंकर्स थप पाँच दिन थुनामै रहने

अर्थ संसार

मंगलबार, २९ फागुन २०८०, १८ : ४९ मा प्रकाशित

प्रभु बैंकका डेपुटी सिइओ लगायत ११ बैंकर्स थप पाँच दिन थुनामै रहने

प्रभु बैंकका डेपुटी सिइओ लगायत ११ बैंकर्स थप पाँच दिन थुनामै रहने भएका छन् ।

प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई न्यून धितोमा अधिकतम कर्जा प्रवाह गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको थियो । तत्कालीन सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत रहँदा न्यौपानेले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक रविन्द्र चौलागाईंलाई कर्जा प्रवाह गर्दा धितोले खाम्ने भन्दा अत्यधिक ऋण दिएको भन्दै गत माघ १५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सीआईबीले न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतम लगायत अन्य नौलाई पनि अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति मागेको थियो । उच्च अदालत पाटनले तेस्रो पटक म्याद थपको अनुमति दिएसँगै उनीहरु थप पाँच दिन हिरासल मै रहने भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको