Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, ०८ : २५ मा प्रकाशित

साल्ट ट्रेडिङले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कम्पनीको ५७ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई १५.७९ प्रतिशत लाभांशको व्यवस्था गरेको छ ।

फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत २३ गते बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी साधारणसभाबाट पारित गरि कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ४ करोड १८ लाख ३२ हजार ६४६ रुपैयाँ बराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशतले हुन आउने २२ लाख ३९७ रुपैयाँ नगद लाभांश गरि कुल १५.७९ प्रतिशत लाभांशका रुपमा बाँड्न लागेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत ९ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत ८ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको