Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०४ चैत्र २०८०, १० : २९ मा प्रकाशित

महुली लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको ११ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।

चैत्र ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत्र २६ गते सप्तरीको महुलीस्थित कम्पनीकै केन्द्रीय कार्यालयमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत १४ एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत १३ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको