Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तले फेरि डाक्यो साधारणसभा, बोनस प्रस्ताव पारित हुने

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, ०९ : ४२ मा प्रकाशित

सपोर्ट लघुवित्तले फेरि डाक्यो साधारणसभा, बोनस प्रस्ताव पारित हुने

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले यस अघि गणपूरक संख्या नपुगेर स्थगित भएको कम्पनीको १३ औं वार्षिक साधारणसभा पुन: डाकेको छ । कम्पनीले लगानीकर्तालाई १३.६८४२ प्रतिशत लाभांशको व्यवस्था गरेको छ ।

चैत्र ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत्र १७ गते सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी साधारणसभाबाट पारित गरि कम्पनीले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने एक करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.६८४२ प्रतिशतले हुन आउने ६ लाख ५१ हजार ६२८.४२ रुपैयाँ नगद लाभांश गरि कुल १३.६८४२ प्रतिशत लाभांशका रुपमा बाँड्न लागेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ १६ गते बुक क्लोज गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको