Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफ इन्स्योरेन्सले भन्यो, 'कर तिर्नुहोस् अनि मात्र बोनस सेयर खातामा'

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, ०८ : ४५ मा प्रकाशित

हिमालयन लाइफ इन्स्योरेन्सले भन्यो, 'कर तिर्नुहोस् अनि मात्र बोनस सेयर खातामा'

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने करवापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले मंगलबार सूचना जारी गर्दै साविकको गुँरास लाइफको आर्थिक वर्ष २०७७/७८ र साविकको यूनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ का लागि पारित क्रमश १३.२७ र ८.९७ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

बुक क्लोज भएको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले बोनस सेयरमा लाग्ने कर बापतको रकम सेयरधनी स्वयम ले नै तिर्नुपर्नेमा केहि सेयरधनीहरुले अहिलेसम्म नतिरेकाले कम्पनीले उक्त रकम तिर्न आग्रह गरेको हो । 

सेयरधनीले उक्त रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेष्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गर्न सकिने सूचनामा उल्लेख छ।  रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको