Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तका ऋणीहरूलाई कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्न राजनीतिक दल सहमत

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, २० : ४८ मा प्रकाशित

लघुवित्तका ऋणीहरूलाई कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्न राजनीतिक दल सहमत

लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्न सत्तारुढ पाँच राजनीतिक दल बिच सहमति भएको छ। 

यस कुरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरिएको छ। 

साथै ,वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने भनिएको छ । 

यस बाहेक सहकारी कर्जा असुली न्यायाधिकरणको गठन गर्ने र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गर्ने संकल्पमा उल्लेख छ। 

ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्ने, वचत तथा ऋण सहकारी संस्थाको नाममा रहेका सम्पत्तिको धितोमा नेपाल राष्ट्र बैङ्गवाट छोटो अवधिको पुनर्कर्जा उपलब्ध गराउने,
हाललाई बचत तथा ऋण कारोबार गर्ने संस्थाको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृति बन्द गर्ने पनि भनिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको