Like us!
Follow us!
Connect us!
Watch us!

मार्चमा फाइनान्स सेक्टर नै बुलिस, गोर्खाजले अगुवाइ गर्दा अरुको अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, ०७ चैत्र २०८०, २१ : ३४ मा प्रकाशित

मार्चमा फाइनान्स सेक्टर नै बुलिस, गोर्खाजले अगुवाइ गर्दा अरुको अवस्था कस्तो ?

मार्च महिनाको सुरुवात देखि मार्च २० मा आईपुग्दा फाइनान्स सेक्टर नै बुलिश देखिएको छ। मार्च महिनाको सुरुवातमा १७२९.०५ रहेको यस सेक्टरको उपसूचक हाल मार्च २० मा बढेर १९७३.१९ पुगेको छ। मार्च २० मा आइपुग्दा यस सेक्टर २४४.१४ अंक बढेको छ। जुन १४.१२ प्रतिशत बढेको हो। 

फाइनान्स सेक्टरको अंक र सूचक बढे संगै यस सेक्टरका कम्पनीहरुको सेयरको कारोबार पनि बढेको छ। ३ मार्चका दिन ८ करोड ७२ लाख रुपैंयाको सेयर कारोबार भएको थियो यस सेक्टरमा २० मार्चमा २८ करोड ४८ लाख रुपैंयाको कारोबार भएको छ।

सबै कम्पनीको सेयर मूल्य बढ्यो, गोर्खाज​ले गर्यो अगुवाई 

नेप्सेमा फाइनान्स सेक्टरका १५ कम्पनी सूचीकृत छन्।  मार्च महिना नेप्सेमा सूचिकृत यस सेक्टरका सबै कम्पनीको मूल्य बढेको छ। १५ कम्पनी मध्य सबैभन्दा धेरै मूल्य गोर्खाज फाइनान्सको बढेको छ।  मार्च ३ मा ५८०.१० रुपैंयामा प्रति कित्ता कारोबार भइरहेको यस कम्पनीको मूल्य मार्च २० मा बढेर ९४६ रुपैंया पुगेको छ। 

गोर्खाज फाइनान्स पछि सबै भन्दा धेरै बढ्ने कम्पनी गुडविल फाइनान्स रहेको छ। यस कम्पनीको प्रति कित्ता ५०.७० रुपैंया मार्च महिनाको सुरु देखि अहिले सम्म मूल्य बढेको हो। मार्च २० मा गुडविलको अन्तिम कारोबार मुल्य ४७२ रुपैंया रहेको छ। 
 

५२ हप्ताको तुलनामा अझै तल्लो विन्दु मै फाइनान्स सेक्टर 

५२ हप्ताको औसत अहिले पनि फाइनान्स सेक्टर तल्लो विन्दु मै रहेको छ।  पछिल्लो ५२ हप्ताको यस सेक्टरको औसत विन्दु २००६.५९ रहेको छ। हाल १९७३.१९ रहेको छ भने ५२ हप्तामा सबैभन्दा कम औसतमा १५११.७४ पुगेको  यस सेक्टर हाल भने केहि बढेको छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको