Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, १० : ४० मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको आठौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।

चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत ३० गते काभ्रेपलान्चोकको बनेपास्थित बनेपा पार्टी भेन्युमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत २१ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत २० गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको