Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स हाइड्रोले डाक्यो साधारणसभा, हकप्रद सेयर जारी गर्ने

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, १० : ५१ मा प्रकाशित

पिपुल्स हाइड्रोले डाक्यो साधारणसभा, हकप्रद सेयर जारी गर्ने

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको भने व्यवस्था गरेको छैन ।

कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले चैत ३० गते काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हाल कायम चुक्तापुँजीको २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । हकप्रदबाट उठेको पैसाले कम्पनीले प्रबर्द्धन गरेको सुपर दोर्दी 'ख' आयोजनाको ऋण तिर्ने तथा ५७ मेगावाटको हिमचुली दोर्दी हाइड्रोपावरमा निर्माणमा लगानी गर्ने जनाइएको छ । 

साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत १४ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको