Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोला हाइड्रोले घोषणा गर्यो २.२२११ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि नगद पनि दिने

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, ११ : ३३ मा प्रकाशित

मैलुङ खोला हाइड्रोले घोषणा गर्यो २.२२११ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि नगद पनि दिने

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई २.२२११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँको २.२२११ प्रतिशतले हुन आउने ८१ लाख ७६ हजार आठ सय २४.१७ रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.११६९ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो ।

यसैगरी बैठकले चैत २९ गते काठमाडौंको लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको दशौं साधारणसभाको मिति तय गरेको छ । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

साधारणसभा र बोनस प्रयोजनार्थ कम्पनीले चैत १६ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको