Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, १५ : ४७ मा प्रकाशित

साल्ट ट्रेडिङ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ ।

साल्ट ट्रेडिङले घोषणा गरेको १५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब आइतबार साल्ट ट्रेडिङको कारोबार ४५६२.६० रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार ५२४७ रुपैयाँमा भएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी ग्रीन डेभलपमेन्ट बैंकले घोषणा गरेको ३.८ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब आइतबार स्वरोजगार लघुवित्तको कारोबार ३६२.५ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार ३७६.३ रुपैयाँमा भएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले चैत ९ गते बुकक्लोज तय गरेको छन् । तसर्थ आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको