Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

शुक्रबार, ०९ चैत्र २०८०, ११ : १९ मा प्रकाशित

मानुषी लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको भने व्यवस्था गरेको छैन ।

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत ३० गते काभ्रेपलान्चोकको बनेपास्थित होटल उग्रचण्डी हाइटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १९ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत १८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको