Like us!
Follow us!
Connect us!
Watch us!

करिब २१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक,आजै बोलकबोल हुने

अर्थ संसार

सोमबार, १२ चैत्र २०८०, ११ : ५५ मा प्रकाशित

करिब २१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक,आजै बोलकबोल हुने

नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड रुपियाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । 

बैंकले २८ दिनका पाँच अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँ र एक वर्षका लागि पाँच अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। 

कुल २० अर्ब ७१ करोडमध्ये १५ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण र बाँकी पाँच अर्बको नयाँ ट्रेजरी जारी गर्ने केन्द्रीय बैंकले जनाएको छ । चैत १३ गते  जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल तोकिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको