Like us!
Follow us!
Connect us!
Watch us!

दुई बैंकको १ लाख २० हजार बढी कित्ता सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, १२ : ३३ मा प्रकाशित

दुई बैंकको १ लाख २० हजार बढी कित्ता सेयर बिक्रीमा

दुई बैंकको १ लाख २० हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। एनएमबि बैंक र सानिमा बैंकको कुल १ लाख २० हजार  १७२ कित्तार बिक्रीमा राखिएको हो। 

जसमा एनएमबि बैंक ५२ हजार १७२ कित्ता र सानिमा बैंकको ६८ हजार कित्ता सेयर रहेको छ ।

बिक्रीमा राखिएको एनएमबि बैंकको सेयरमा शेयर विद्यमान संस्थापकका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद गर्न सक्ने बैंकले जनाएको छ । 
न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति चैत २२ गतेसम्म तोकिएको छ।

शेयर खरिदका लागि काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा बोलपत्र पेस गर्न सकिने बैंकले जनाएको छ ।

यसैगरी सानिमा बैंकको सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको