Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ आईपीओले आपूर्ति ल्याउँछ भन्नु मूर्ख तर्क: विष्णु बस्याल (भिडियो)

अर्थ संसार

शनिबार, १७ चैत्र २०८०, १६ : ०८ मा प्रकाशित

बजारमा नयाँ कम्पनी आउनु स्वाभाविक प्रकृया रहेको बजार विश्लेषक विष्णु प्रसाद बस्यालले भनेका छन्।  बजारमा नयाँ कम्पनी आएनन, पैसा उठाएन भने अर्थतन्त्र कसरी विकास हुन्छ भनेर उनले प्रश्न गरेका छन्। 

अर्थसंसारको नियमित कार्यक्रम टेक्नो गफमा कुराकानी गर्दै बस्यालले आईपीओ र हकप्रद आउन हुन्ना भन्नेले भन्न खोज्या के हो भनेर उल्टो प्रश्न गरेका छन्। 

सप्लाई रोकेर आफ्नो सेयर मात्र माथि पुगेर फाल्न पाउनुपर्छ भन्ने मानसिकता बोकेकाले मात्र यस्तो भन्ने गरेको आरोप उनले लगाएका छन्। 

उनले भने,'नयाँ आईपीओ आउनै पर्छ,नयाँ आईपीओले आपूर्ति ल्याउँछ भन्नु मूर्ख तर्क। '

अर्थसंसारमा प्रसारित कार्यक्रममा बस्यालले हालको बजारलाई प्राविधिक रुपमा विश्लेषण गरेका छन्। कार्यक्रम अर्थसंसारकर्मी दिनेश पाठकले संचालन गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको