Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरको एमडिमा कुवेरमणि नेपालको पुनर्बहाली

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १० : १५ मा प्रकाशित

रिडी पावरको एमडिमा कुवेरमणि नेपालको पुनर्बहाली

रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा कुवेरमणि नेपालको पुनर्बहाली भएको छ ।

कम्पनीको चैत्र १६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई प्रबन्ध निर्देशकमा पुनर्बहाली गर्ने निर्णय गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दाका कारण नेपाल पदबाट निलम्बित रहेका थिए । चैत ६ गते विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा सफाई पाएसँगै नेपाल पुन: पदमा बहाल भएका छन् ।

यससँगै हाल कम्पनीको प्रबन्ध सञ्चालक रहेकी सायिका भण्डारी अब सञ्चालक पदमा रहने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको