Like us!
Follow us!
Connect us!
Watch us!

ट्रान्स हिमालय एड्भेन्चर शुरु, मुस्ताङ प्रस्थान गरे बाइकर्स

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, १५ : २५ मा प्रकाशित

ट्रान्स हिमालय एड्भेन्चर शुरु, मुस्ताङ प्रस्थान गरे बाइकर्स

ट्रान्स हिमालय एड्भेन्चरको टोली मुस्ताङ यात्रा थाल्दै आज काठमाडौँबाट प्रस्थान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको र्याली सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो । सो र्याली आज पोखराको सराङकोट पुग्ने छ भने त्यसपछि कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ । त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ ।

पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । र्यालीलाई पोखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठ, राखेप पूर्व सदस्य सम्पन्न श्रेष्ठ र पोखरा महानगर खेलकुद परिषद अध्यक्ष दिपक गोदारले स्वागत गर्नेछन् ।

माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिने छ ।

जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ । राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना हुन लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको