Like us!
Follow us!
Connect us!
Watch us!

प्रत्यक्ष निर्वाचित कार्यकारी भए देशको सबै लुटेर लगिदिन्छ - माधव कुमार नेपाल

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १९ : १६ मा प्रकाशित

प्रत्यक्ष निर्वाचित कार्यकारी भए देशको सबै लुटेर लगिदिन्छ - माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी भए सबै लुटेर लगिदिने बताएका छन् ।

प्रत्यक्ष निर्वाचन प्रणाली पैसा भएकाले जित्ने प्रणाली भएको बताउँदै उनले अमेरिकामा हुन लागेको चुनाव, फिलिपिन्सको चुनाव, दक्षिण अफ्रिकाको चुनाव हेर्नुपर्ने बताए । स्वतन्त्रबाट जितेका उम्मेदवारलाई इङ्गित गर्दै नेपालले भने, "हाम्रो आचरण यस्तो छ । हामी जस्ता यस्तै खालका मान्छेहरू राष्ट्रपति भयो भने त यो देशको सबै लुटेर लगिदिन्छन् । अनि कुरा उठाउनेहरूलाई गोदेर कहाँ पुर्‍याइदिने हो । "

उनले यस्ता कुरामा डिस्कोर्स गर्न सकिने बताउँदै चुनावको प्रणालीमा मुख्य समस्या रहेको बताए । समग्रतामा अहिलेको संविधान अघि बढ्न सहयोगी रहेको, बाधक नरहेको पनि नेपालको भनाई थियो । स्थानीय निकाय, प्रदेशदेखि केन्द्रमा पठाएका मान्छेले कत्तिको जिम्मेवार पूरा गरेका छन् भन्ने बारे आत्मसमीक्षा हुनुपर्ने पनि उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको