थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको भने व्यवस्था गरेको छैन ।
कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २३ गते भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्समा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
यसैगरी कम्पनीले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात वैशाख ६ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस