Like us!
Follow us!
Connect us!
Watch us!

डडेल्धुरामा सहकारीको ११ लाख रुपैयाँ चोरी

अर्थ संसार

सोमबार, २६ चैत्र २०८०, १४ : ४२ मा प्रकाशित

डडेल्धुरामा सहकारीको ११ लाख रुपैयाँ चोरी

डडेल्धुराको एक सहकारीमा चोरी भएको छ ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार झ्याल फोडेर चोरी भएको बताइएको छ। शुक्रबार देखी कार्यालय बन्द रहेको थियो । हिजो आइतबार बिहान कार्यालय खोल्दा उक्त घटना भएको थाहा पाए पछी सहकारीले प्रहरीलाई जानकारी गरेको थियो । प्रहरीका अनुसार चोरी गर्ने समुहले सिसिटिभि क्यामेराको रेकर्ड डिभाईस पनि लगरे गएका छन् । 

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको