Like us!
Follow us!
Connect us!
Watch us!

को बन्ला राष्ट्रिय वाणिज्य बैंकको नयाँ सीईओ ?

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १२ : ४३ मा प्रकाशित

को बन्ला राष्ट्रिय वाणिज्य बैंकको नयाँ सीईओ ?

नेपालको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको कार्यकाल सकिएसँगै बैंकको नयाँ सिईओ को बन्ला भन्ने भन्ने चर्चा सुरु भएको छ । 

राम्रो तलव तथा सेवा सुविधा एकातर्फ आकर्षण बिन्दु बनिरहेको छ भने सरकारी जागिर भएकाले पनि राष्ट्रिय बाणिज्य बैंकको यो जागिरलाइ महत्वका साथ हेरिएको छ । 

बैंकभित्रै सीईओ बन्ने क्षमता र योग्यता भएका कर्मचारी थुप्रै छन् । तर, नियुक्तिमा सरकारी हस्तक्षेप  बढी हुने भएका कारण सत्तामा रहेका दल निकट कै व्यक्ति नेतृत्वमा आउने चर्चा चलेको छ ।

श्रेष्ठको कार्यकाल पूरा भएपछि बैंकको हाल बहालवाला डेपुटी सीईओ रमण खनाल सहित ५ जना आकांक्षी देखिएका छन् । 

यता बाणिज्य बैंकको सीईओका लागि बाह्य व्यक्तिहरु आकांक्षी रहेको चर्चा समेत उत्तिकै चुलिएको छ । नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय वाणिज्य बैंककै पूर्व नायव प्रमुख कार्यकारी अधिकृत सिए भुपेन्द्र पाण्डे पनि राष्ट्रिय वाणिज्य बैंकको सिइआचे बन्न आकांक्षी छन् । 

यसबाहेक कृष्णप्रसाद शर्मा, जनार्दन शर्मा लगायत पनि आकांक्षी छन् । 

आकांक्षीहरुमध्ये पनि बैंककै पूर्व नायव प्रमुख कार्यकारी अधिकृत सिए भुपेन्द्र पाण्डे भने सीईओ हुनका लागि सबैभन्दा बढी लविङमा रहेको पाइएको छ ।
यता बैंकका हालका सिईओ किरण कुमार श्रेष्ठ बैंककै एक डेपुटी सिईओलाई सिईओ बनाउन लागि परेको चर्चा पनि बैंकभित्रै छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको