Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको अध्यक्षका ५ जना प्रत्यासीले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, ०९ : ०४ मा प्रकाशित

धितोपत्र बोर्डको अध्यक्षका ५ जना प्रत्यासीले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छनोट प्रक्रिया अगाडी बढ्ने भएका छ। १९ मध्य छानिएका पाँच जनाले बिहीबार आफ्नो कार्ययोजना प्रस्तुत गर्ने तय भएको छ । 

छनोट समितिले पाँचै जना प्रतिस्पर्धीलाई बिहीबार कार्ययोजना प्रस्तुत गर्न बोलाएको हो।

नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदको सम्भावित पाँचमा नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ,धितोपत्र बोर्डमै कार्यकारी निर्देशक रहेका मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ रहेका छन्। 

अब यी पाँच मध्य छनोट समितिले कार्ययोजना मूल्यांकन गर्दै उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने छ ।

मन्त्रिपरिषदले सिफारिस गरिएका तीनमध्य एक जनालाई अध्यक्ष नियुक्त गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको