Like us!
Follow us!
Connect us!
Watch us!

साइबर ब्युरो भन्छ - "निशुल्क सेयर विश्लेषण तालिम" भन्दै जथाभावी लिङ्क थिच्दा मोबाइल नै हुनसक्छ ह्याक !

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १७ : ३६ मा प्रकाशित

साइबर ब्युरो भन्छ - "निशुल्क सेयर विश्लेषण तालिम" भन्दै जथाभावी लिङ्क थिच्दा मोबाइल नै हुनसक्छ ह्याक !

नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहानामा अनाधिकृत मोबाइल एप डाउनलोड गराई मोबाइल ह्याक गर्ने घटना बढेको भन्दै सतर्क रहन अनुरोध गरेको छ ।

निशुल्क सेयर विश्लेषण तालिम, सित्तैमा आइईएलटिएस/ पिटिई तयारी कक्षा, अनलाइन डाटा इन्ट्री जागिर जस्ता प्रलोभनमा पारी हानीकारक मोबाइल एप डाउनलोड गर्न लगाउने र त्यसमार्फत सम्पूर्ण डिभाइस नै नियन्त्रणमा लिने घटना बढेको प्रहरीले जनाएको हो । यसरी डिभाइस नियन्त्रणमा लिएर त्यसमा प्रयोग गरिएका डिजिटल वालेटदेखि मोबाइल बैंकिङ एपबाट सबै पैसा रित्याइदिनेसम्मका घटना भएको प्रहरीको भनाई छ ।

ब्युरोले त्यस्ता भ्रामक लिङ्क नखोल्न, त्यस्ता व्यक्तिसँग सम्पर्क नगर्न,आधिकारिक बाहेकका एप्लिकेसन डाउनलोड नगर्न पनि अनुरोध गरेको छ । भ्रामक सूचनाबाट प्रलोभनमा पर्दा ठूलो आर्थिक क्षति हुनसक्ने हुँदा होस पुर्याएर मात्रै सफ्टवेयर डाउनलोड तथा इन्स्टल गर्न पनि अनुरोध गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको