Like us!
Follow us!
Connect us!
Watch us!

दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नलिन गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १८ : २१ मा प्रकाशित

दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नलिन गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नलिन अन्तरिम आदेश दिएको छ ।

प्रदेशका निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा आज सुनुवाई गर्दै अदालतका न्यायाधीश विनोद शर्माले उक्त आदेश दिएका हुन् । आदेशमा सरकार शुन्यको अवस्था सिर्जना हुन दिन नहुने उल्लेख गर्दै प्रदेशका नियमित कामकारबाही सञ्चालन गर्न तर दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नलिन निर्देश गरिएको छ ।

अदालतले निवेदनमा दर्शाइएको विवाद छिटो निरुपण हुनुपर्ने देखिएकाले वैशाख १० गते सोमबारका लागि पेसी तोकि अग्राधिकारसमेत दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको