Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं आइपुगे कतारी राजा

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, १६ : ३० मा प्रकाशित

काठमाडौं आइपुगे कतारी राजा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बंगलादेशबाट नेपाल (काठमाडौं) आइपुगेका छन् ।

 बंगलादेश भ्रमण सकेर उनी राजधानी ढाकाबाट विशेष विमानमार्फत् काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरे।

 विमानस्थलको अतिविशिष्ट कक्षमा अमिरको राजकीय सम्मानका लागि नेपाली सेनाले २१ तोपको सलामी दिएको छ । आजै बेलुका राष्ट्रपति पौडेलसँग थानीको भेटवार्ता हुनेछ। साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम तय भएको छ ।

भोलि बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ। कतारसँग २०३३ साल माघमा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र ९मध्यपूर्व०बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो।

कतार नेपालको महत्वपूर्ण श्रम गन्तव्य देश हो। प्रधानमन्त्री र अमिर थानीबीच भेटवार्तापछि द्विपक्षीय सहकार्यसम्बन्धी आपसी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

प्रतिनिधिमण्डलस्तरीय बैठकपछि दुई देशबिच विभिन्न ५ क्षेत्रमा समझदारी हुने तयारी छ। उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य प्राथमिकतामा छ।

नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गर्ने छ। त्यस्तै नेपालले कतारी राजालाई दुई वटा हात्ती उपहार दिने भएको छ। कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ । कतारका राजाको सम्मानका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको