Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनीको ब्यापार १ खर्ब नाघ्यो, शिर्षस्थानमा नेपाल लाईफ

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, १० : ५४ मा प्रकाशित

जीवन बीमा कम्पनीको ब्यापार १ खर्ब नाघ्यो, शिर्षस्थानमा नेपाल लाईफ

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्म १ खर्ब १० अर्ब रुपैयाँको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकका अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले यो ९ महिनामा १ खर्ब १० अर्ब रुपैयाँ ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

गत आवको सोही अवधिमा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । समीक्षा अवधिमा जीवन बीमाशुल्क ५.११ प्रतिशत अर्थात ५ अर्ब ३४ करोड ७९ लाख ३५ हजार रुपैयाँले कुल बीमाशुल्क संकलन बढेको हो । सञ्चालनमा रहेका १४ जीवन बीमकमध्ये तीन कम्पनीको घटेपनि ११ कम्पनीको बीमाशुल्क बढेपछि कुल संकलित बीमाशुल्क बढेको हो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको विवरण अनुसार जीवन बीमा कम्पनीहरुको कुल सक्रिय बीमलेख संख्या १ करोड ३८ लाख ३२ हजार ६०१ ओटा छ । गत आवको चैत महीनासम्म जीवन बीमा कम्पनीहरुको कुल सक्रिय बीमलेख संख्या १ करोड ४१ लाख ६५ हजार ९९८ ओटा थिए ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको विवरण अनुसार २०७९ चैतसम्मको तुलनामा २०८० चैतसम्मको अवधिमा ११ जीवन बीमा कम्पनीको कुल संकलित बीमाशुल्क बढेको छ भने ३ ओटाको  मात्र घटेको छ ।

तथ्याङ्क अनुसार सरकारी लगानी रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले सर्वाधिक २२.९९ प्रतिशतले घटेको छ । यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्सको ३.०१ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल  (एलआईसी) को ०.८८ प्रतिशतले घटेको हो ।

तथ्याङ्क अनुसार चैत मसान्तसम्ममा नेशनल लाइफ इन्स्योरेन्सको सर्वाधिक १३.४१ प्रतिशतले बीमाशुल्क संकलन बढाएको छ । यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ११.७४ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको ११.५० प्रतिशत र आइएमई लाइफ इन्स्योरेन्सको १०.१९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा ७ ओटा जीवन बीमकको व्यवसाय एकल बिन्दुको प्रतिशतमा वृद्धि भएको छ । यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ८.८१ प्रतिशतले वृद्धि हुँदा हिमालयन लाइफ इन्स्योरेन्सको ८.७३ प्रतिशत र नेपाल लाइफ इन्योरेन्सको ८.०४ प्रतिशतले व्यवसाय बढेको छ । यस्तै मेट लाइफ इन्स्योरेन्सको ६.६२ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको ५.६५ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५.१५ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्मको व्यवसायका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सबै जीवन बीमा कम्पनीलाई पछाडि पार्दै शीर्ष स्थानमा छ । नेपाल लाइफले चैत मसान्तसम्ममा २९ अर्ब ४५ करोड ३९ लाख २९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी चैत मसान्तसम्म नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ८९ करोड ९१ लाख ३ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) ले १२ अर्ब ८३ करोड १० लाख ८७ हजार रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सले १२ अर्ब ३३ करोड ५ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ ।

समीक्षा अवधिमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब ५२ करोड ६६ लाख ३ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ७८ करोड ९५ लाख ३७ हजार रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ४६ करोड ९७ लाख ८६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यसैगरी चैत मसान्तसम्ममा सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले ४ अर्ब २७ करोड ६९ लाख ४१ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ४ अर्ब २४ करोड ४९ लाख ४७ हजार रुपैयाँ र मेट लाइफले ४ अर्ब १३ करोड ३२ लाख ४० हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

साथै चालु आवको ९ महीना अवधिमा आइएमई लाइफ इन्स्योरेन्सले ३ अर्ब २९ करोड ११ लाख ४७ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६ करोड ३८ लाख ९६ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड २६ लाख ९४ हजार रुपैयाँ र सबैभन्दा कम बीमाशुल्क संकलन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७८ करोड ९२ लाख ९४ हजार रुपैयाँ बीमशुल्क संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको