Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, ११ : ४७ मा प्रकाशित

कुमारी बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता सेयर बिक्रीमा ल्याएको हो । 

सो सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल लिमिटेड वा काठमाडौंको टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

उक्त सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । साथै, तोकिएको समयअवधि भित्र संस्थामकरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्न सक्ने बैंकले उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको