Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा कस्तो घट्नाक्रम विकास हुँदैछ ?(भिडियो)

अर्थ संसार

शनिबार, २९ बैशाख २०८१, १८ : ४४ मा प्रकाशित

लगानीकर्तालाई निराश बनाउने अर्को हप्ता फेरि गएको छ। लगानीकर्ताले अपेक्षा गरेको नीतिगत सुधारमा नेपाल सरकार मातहतका कुनै पनि निकाय पुंजीबजारको लागि भनेर अगाडी बढ्न सकेको छैन। लगानी सम्मेलन पछि लगानीकर्ताको आवाज सुन्ने भनेर बसेको अर्थमन्त्रालयले लगानीकर्तालाई सुन्न तयार देखिएको छैन। 

लगानी सम्मेलनलाई लक्षित आन्दोलन गरेका लगानीकर्ताले आन्दोलन स्थगित गरेर सरकारले वार्ताले कहिले बोलाउछ भनेर कुरेर बसेका छन्। त्यसबेला आन्दोलन स्थगित गरेकोमा प्रश्न उठाएका लगानीकर्ताले अर्थमन्त्रालयले झुकाउन खोजेको भनेको कुरा सहि हुन् लागेको छ। 

उता, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरिसकेको छैन भने यता सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्ड अध्यक्ष बिहिन हुँदा सेयर लगानीकर्ताको हक हित र सरक्षण हुने खालका केहि पनि गतिविधि हुन् सकेको छैन। 

बजारमा लगानी गर्न चाहिने आत्मविश्वास अझै सिर्जना भएको छैन र बजार बढ्न चाहिने मनोवैज्ञानिक घटना र विश्वास सिर्जना नभैसकेको अवस्था छ। यस्तो अवस्थामा बजारले के भनिरहेको छ ? प्राविधिक रुपमा के देखिन्छ?

यस्तै विभिन्न विषय लिएर साप्ताहिक कार्यक्रम बजारको चिरफार लिएर आएका छौं। 

अबको साता बजार के होला, कस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुले बजारलाई अब असर गर्ला यस्ता विभिन्न विषयलाई लिएर अर्थसंसारले साप्ताहिक रुपमा पस्किने गरेको छ। 

यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक मार्फत हुने घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको