सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागी सरकारको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रममा वित्त र मौद्रिक नीतिको समन्वयकै कारण अर्थतन्त्र सुध्रेको दाबी गरिएको छ ।
उत्पादन, उत्पादकत्व वृद्धि , सेवा सरलीकरण, भ्रष्टाचार नियन्त्रणलगायतलाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखेको राष्ट्रपति पौडेलले बताए ।
चालू आर्थिक वर्ष ३ हजार हेक्टरमा सिंचाइ सुविधा विस्तार भएको, स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिएको, श्रम स्वीकृति, राहदानीलगायतको सेवा झन्झटमुक्त भएको सरकारको दाबी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस