Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षलाई कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १६ : १० मा प्रकाशित

आगामी आर्थिक वर्षलाई कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

सरकारले आगामी दशकलाई ‘कृषिमा लगानीको दशक’ घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेशगर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गर्न लागिएको जानकारी गराएका हुन् ।

प्रमुख खाद्यान्न बाली र तरकारीमा आत्मनिर्भर हुने गरी कार्यक्रम पुनर्संरचना गर्ने सरकारले घोषणा गरेको छ । कृषियोग्य भूमिको संरक्षण गर्नै भन्दै सरकारले चक्लाबन्दी योजना सुनाएको हो ।

योसँगै वडा स्तरमा नै कृषि सिकाइ केन्द्र स्थापना गर्ने, किसान परिचयपत्रलाई सहुलियत सेवाामा आवद्ध गराउने, कृषिकलाई उचित सम्मान गर्ने सरकारको कार्यक्रम छ । 

सरकारले आगामी ५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउने जनाएको छ । त्यस्तै माछा तथा पुशपालनमा समेत २ वर्षभित्र आत्मनिर्भर बन्ने जनाइएको छ ।  अहिले राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको