Like us!
Follow us!
Connect us!
Watch us!

आज ३ बजे सम्म नेपाल पुनर्बीमाको सेयर सुरक्षित गरे लाभासं पाइने !

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, ०७ : ४५ मा प्रकाशित

आज ३ बजे सम्म नेपाल पुनर्बीमाको सेयर सुरक्षित गरे लाभासं पाइने !

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 

कम्पनीले हाल कायम चुक्ता पूँजीका ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो जुन साधारणमा कम्पनीले विशेष प्रस्तावको रुपमा लाग्दै छ। 

कम्पनीले यस अगाडी नै साधारण सभाको मिति टोक्दै लाभांश वितरण प्रयोजनार्थ जेठ ६ गते बुकक्लोज मिति तय गरेको थियो। जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीले आज घोषणा गरेको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले आफ्नो नवौँ वार्षिक साधारण सभासभा जेठ १७ गते, बिहीबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान साढे ९ बजे बोलाएको छ। 

त्यसैगरी, सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको