Like us!
Follow us!
Connect us!
Watch us!

नौ महिनामा १२ प्रतिशले बढ्यो सेयर धितोकर्जा, ८६ अर्ब १८ करोड रुपैयाँ प्रवाह

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, ११ : ५४ मा प्रकाशित

नौ महिनामा १२ प्रतिशले बढ्यो सेयर धितोकर्जा, ८६ अर्ब १८ करोड रुपैयाँ प्रवाह

बैंक तथा वित्तीय संस्थाहरूबाट चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा ८६ अर्ब १८ करोड रूपैयाँ मार्जिन प्रकृति अर्थात सेयर धितो कर्जामा लगानी भएको छ ।
  
केन्द्रीय बैंकको तथ्यांकअनुसार चैत मसान्तसम्म ८६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह भएको हो  । जुन गत असार मसान्तसम्म प्रवाह भएको ७६ अर्ब ३० करोड रुपैयाँभन्दा १२.३ प्रतिशतले धेरै हो । २०८० असारमा यस्तो कर्जा ७६ अर्ब ३० करोड थियो। 

राष्ट्र बैंकको तथ्यांक अनुसार १ करोड बढीको कर्जा ५२ अर्ब ६१ करोडको रहेको छ भने ५० लाख देखि १ करोडसम्मको कर्जा १२ अर्ब रहेको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको कर्जा १४ अर्ब १८ करोड रहेको छ भने २५ लाख मुनिको कर्जा ७ अर्ब ३७ करोड मात्र रहेको छ ।

यस अवधिमा १ करोड माथिको कर्जा १७.७ प्रतिशतले बढेको देखिन्छ भने ५० लाख देखि १ करोडसम्मको कर्जा २ प्रतिशतले बढेको छ । तस्तै २५ देखि ५० लाखसम्मको कर्जा ११ प्रतिशत र २५ लाख भन्दा कमको कर्जा ४.९ प्रतिशतले बढेको छ । 

हाल ५० लाख भन्दा माथिको सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार  रहेको छ भने ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको