Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा बैठकको समय सर्यो, अब चार बजे बस्ने

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १२ : १५ मा प्रकाशित

प्रतिनिधिसभा बैठकको समय सर्यो, अब चार बजे बस्ने

आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक अपराह्न चार बजेलाई सरेको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक चार बजेलाई सारिएको जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेससँग सहमतिको प्रयास भइरहेको जानकारी सभामुख देवराज घिमिरेलाई जानकारी गराएका थिए 

आज बैठकको प्रारम्भिक कार्यसूचीमा गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिने कार्यतालिका रहेको छ । गृहमन्त्रीलाई बोल्न नदिने अडान राख्दै काङ्ग्रेसले भने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको