Like us!
Follow us!
Connect us!
Watch us!

हङकङमा अखाद्य पाइएको एभरेष्ट र एमडीएच मसला नेपालमा पनि परीक्षण गरिँदै

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १५ : ४२ मा प्रकाशित

हङकङमा अखाद्य पाइएको एभरेष्ट र एमडीएच मसला नेपालमा पनि परीक्षण गरिँदै

भारतीय ब्राण्ड एमडीएच र एभरेष्ट मसलाको बिक्रीमा हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएपछि नेपालमा पनि यी उत्पादनको नमुना परीक्षण गरिने भएको छ।

नमुना परीक्षणबाट प्राप्त रिपोर्टअनुसार आवश्यक निर्णय लिइने खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले बताएको छ। 

खाद्यको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानले प्रतिबन्ध लगाउने विषयमा केही नबोलेको तर आम उपभोक्ताको जनस्वास्थ्यसँग जोडिएकाले नमूना परीक्षण भइरहेको खाद्य गुणस्तर तथा नियन्त्रण विभागले जनाएको छ।

बीबीसीका अनुसार परीक्षणका क्रममा करी पाउडर, साम्भर मसला तथा मिश्रित मसलामा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने एथिलिन अक्साइड पाइएको थियो। एथिलिन अक्साइडमा क्यान्सरको कारक तत्व कार्सिनोजेन हुने भएकाले मसला बिक्रीमा प्रतिबन्ध गरिएको हो। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको