Like us!
Follow us!
Connect us!
Watch us!

प्रम दाहालले नाराबाजीकाबीच विश्वासको मतको प्रस्ताव पेश गरे

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १२ : २६ मा प्रकाशित

प्रम दाहालले नाराबाजीकाबीच विश्वासको मतको प्रस्ताव पेश गरे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीको व्यापक नाराबाजीकाबीच विश्वासको मतको प्रस्ताव पेश गरेका छन् ।

प्रम दाहालले संसदमा सम्बोधन गर्दै देशविकासमा एक भएको सन्देश जाने गरी विपक्षीसँग समेत विश्वासको मत मागेका थिए । उनले विश्वासको मत माग्दै गर्दा प्रमुख प्रतिपक्षी काङ्ग्रेसलगायत दलहरुले भने नाराबाजीसहित प्रदर्शन गरिरहेका थिए ।

यस अघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बैठक शुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने लगायतको कार्यसूची रहेको बताउँदै गर्दा काङ्ग्रेस सांसदहरु आ-आफ्नो स्थानबाट उठेका थिए । सभामुख घिमिरेले सांसदमा आफ्नो स्थानमा बस्न अनुरोध गरेपनि प्रतिपक्षीले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेपछि १५ मिनेटका लागि संसद बैठक स्थगित भएको थियो ।

प्रम दाहाललाई एमाले, माओवादी, रास्वपासहित हालसालै फुटेको जसपा सांसदले विश्वासको मत दिने भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको