Like us!
Follow us!
Connect us!
Watch us!

नवीकरणका लागि दूरसञ्चार प्राधिकरणले काट्यो एनसेललाई पत्र

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १२ : ५० मा प्रकाशित

नवीकरणका लागि दूरसञ्चार प्राधिकरणले काट्यो एनसेललाई पत्र

नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई नवीकरणका पत्र पठाएको छ ।

प्राधिकरणले जेठ १५ गतेभित्र २० अर्ब नवीकरण दस्तुर र निवेदन पेस गर्न एनसेललाई पत्र काटेको हो । एनसेलको २० वर्षे अनुमति आगामी भदौ १५ गते सकिदैछ । म्याद सकिन ३ महिना अगाडि नै नवीकरण गर्नुपर्ने प्रावधानअनुसार प्राधिकरणले पत्र पठाएको हो ।

सरकारी स्वामित्वको अर्को दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमले केही साताअघि लाइसेन्स नवीकरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको