Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री दाहालको सम्पत्ति विवरण सार्वजनिक: चितवनमा घरजग्गा, पाँच तोला सुन र २५ लाख नगद मात्रै

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, १५ : ३० मा प्रकाशित

प्रधानमन्त्री दाहालको सम्पत्ति विवरण सार्वजनिक: चितवनमा घरजग्गा, पाँच तोला सुन र २५ लाख नगद मात्रै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक विवरण अनुसार दाहालसँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर र भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख छ । पैतृक तथा अंशबाट प्राप्त उक्त सम्पत्ति स्वर्गीय पत्नी सीता दाहालको नाममै रहेको जनाइएको छ ।

यसैगरी प्रधानमन्त्री दाहालसँग पाँच तोला सुन र एभरेस्ट बैंकमा २५ लाख नगद मौज्दात रहेको जनाइएको छ । उक्त सुन पनि पैतृक सम्पत्ति रहेको तथा नगद प्रतिनिधि सभा सदस्यको तलबभत्ता वापत आर्जन गरेको उल्लेख गरिएको छ ।

त्यसबाहेक प्रम दाहालले कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन नरहेको पनि उल्लेख गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको