रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले कम्पनीको दशौं र एघारौं वार्षिक साधारणसभा एकसाथ डाकेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।
जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ११ गते काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ २३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात जेठ २२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस