Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको तीन अर्ब बराबरको ऋणपत्र सेबोनको पाइपलाइनमा

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १२ : २१ मा प्रकाशित

नेपाल एसबिआई बैंकको तीन अर्ब बराबरको ऋणपत्र सेबोनको पाइपलाइनमा

नेपाल एसबिआई बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बैंकले जेठ २ गते एक हजार रुपैयाँ अङ्कित तीस लाख इकाई ऋणपत्र निष्काशन गर्न अनुमति मागेको हो । बैंकले ७ प्रतिशत ब्याजदर भएको १० वर्षे "नेपाल एसबिआई बैंक डिबेञ्चर २०९०" निष्काशन गर्न लागेको हो । कुल तीस लाख कित्तामध्ये एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता कम्पनीले निजी तवरबाट बिक्री गर्नेछ भने बाँकी एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ ।

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको