Like us!
Follow us!
Connect us!
Watch us!

भोलि सार्वजनिक बिदा: सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहने

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, ११ : ४१ मा प्रकाशित

भोलि सार्वजनिक बिदा: सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहने

भोलि देशैभरी सार्वजनिक बिदा दिने भएको छ । भोलि  (जेठ १५ )गते गणतन्त्र दिवसको अवसर पारेर सरकारले सार्वजनिक बिदा दिने भएको हो ।

हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

२०६२।६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै आएको छ ।

भोलि सार्वजनिक बिदा भएसँगै सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्र सेयर बजारका साथै शिक्षण संस्थाहरू बन्द रहनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको