Like us!
Follow us!
Connect us!
Watch us!

५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १६ : १९ मा प्रकाशित

५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा

सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा गरेको छ ।

सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दैअर्थमन्त्री वर्षमान पुनले भूमि आयोगमार्फत थप ५ लाख परिवारलाई लालपूर्जा दिने बताए ।

सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको छ । मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गर्ने घोषणा गरेको हो ।

अहिलेसम्म जग्गा रोक्का र फुकुवाका लागि सम्बन्धित जग्गाधनी र रोक्का गर्नेहरु मालपोत कार्यालयमा पुग्नुपर्ने व्यवस्था थियो । अब भने अनलाईनबाटै जग्गा रोक्का र फुकुवा गर्ने सरकारको घोषणा हो ।

अर्थमन्त्री पुनले देशभरका जग्गाको नापनक्साको काम थप परिपक्व गर्ने बताए । उनले नापजाँच बाँकी रहेका जग्गाको आधुनिक प्रविधिबाट नापजाँच गरिने घोषणा समेत गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको