सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालको बजेटमा कटौती गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट १ अर्ब ३६ करोडले घटाइएको बताएका हुन् ।
आर्थिक वर्ष २०८१/८२ का लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई लागि ७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
चालू आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस