Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीपलाई भिसा नदिने अमेरिकाका राष्ट्रपतीय निर्वाचनका उम्मेदवार ट्रम्प अनैतिक सम्बन्ध लुकाउन पैसा तिरेको मुद्दामा दोषी ठहर

अर्थ संसार

शुक्रबार, १८ जेठ २०८१, ०७ : ५७ मा प्रकाशित

सन्दीपलाई भिसा नदिने अमेरिकाका राष्ट्रपतीय निर्वाचनका उम्मेदवार ट्रम्प अनैतिक सम्बन्ध लुकाउन पैसा तिरेको मुद्दामा दोषी ठहर

अमेरिकाका राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्प अनैतिक सम्बन्ध लुकाउन पैसा तिरेको मुद्दामा दोषी ठहर भएका छन् ।

सन् २०१६ को सफल चुनावी अभियान अघि ट्रम्पले अनैतिक सम्बन्ध राखेको आरोप लागिएकी एक अभिनेत्रीलाई चुप राख्न तिरिएको पैसाको विवरण लुकाउन झुटा विवरण खातामा टिपाएका थिए । ट्रम्पले आफ्ना सहयोगी माइकल कोहेनमार्फत स्टोर्मी डेनियल्स नाम गरेकी ती महिलालाई एक लाख ३० हजार डलर पैसा दिएका थिए जसलाई लुकाउन ३४ झुटा विवरण टिपाइएको थियो । ती सबै ३४ गलत रेकर्डमा ट्रम्पलाई अदालतले दोषी ठहर गरेको हो । ट्रम्पले डेनियल्सबाहेक कारेन म्याकडगल नामक अर्की महिलासँग पनि अनैतिक सम्बन्ध कायम गरि त्यसलाई लुकाउन डेढ लाख डलर तिरेको आरोप लागेको छ ।

हस मनीमा दोषी ठहरिएका ट्रम्पलाई आगामी जुलाई ११ मा सजाय सुनाउनेछ । दोषी ठहरिए पनि उनको उमेर र यस अघिको स्वच्छ रेकर्डले ट्रम्प जेल जाने सम्भावना भने न्यून रहेको जनाइएको छ । यदि उनलाई अदालतले जेल सजाय सुनायो भने प्रति झुटो विवरण अधिकतम चार वर्षसम्म जेल बस्नुपर्ने हुनेछ । तर कानुनत यस किसिमको मुद्दामा अधिकतम कुल २० वर्ष जेल सजाय हुने हुँदा त्यसभन्दा बढी सजाय भने नहुने जनाइएको छ ।

ट्रम्प दोषी ठहरिएसँगै अब उनको राष्ट्रपतीय उम्मेदवारी के हुने भन्ने बारे भने अनिश्चित नै रहेको छ । तर फौजदारी मुद्दामा दोषी ठहरिने उनी इतिहासकै पहिलो अमेरिकी पूर्व राष्ट्रपति तथा राष्ट्रपति उम्मेदवार भने ठहर भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको