Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १८ : ३५ मा प्रकाशित

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य  १ हजार ७ सय रुपैयाँले  बढेर  १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बिहीबार १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको