Like us!
Follow us!
Connect us!
Watch us!

बजेटले कृषिमा ल्याएका योजनाहरु साह्रै मन पर्‍यो:माधव नेपाल

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, २० : २३ मा प्रकाशित

बजेटले कृषिमा ल्याएका योजनाहरु साह्रै मन पर्‍यो:माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको र आफुलाई साह्रै मनपरेको  बताएका छन् ।

शुक्रबार काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उनले यस्तो बताए ।

कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको उनको भनाई छ ।अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको बताए । भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको उनले बताए ।

समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको अध्यक्ष नेपालको भनाइ छ ।उनले देशको योजना बनाउँदा हावादारी योजना बनाउन नहुने उल्लेख गरे ।आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताउँदै उनले नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।

उनले भने ‘अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । नेताहरु पनि बिग्रिएका छन् भ्रष्टाचारले, कार्यकर्ताहरु पनि बिग्रिएका छन् भ्रष्टाचारले । देश पनि बिग्रिएको छ भ्रष्टाचारले। समाज पनि बिग्रिएको छ, विकृति र विसंगतिले। त्यसैले यि सबै चिजबाट कसरी हामीले उन्मुक्ति प्राप्त गर्ने, हामी ति सबैबाट कसरी माथि बढ्ने ? भ्रष्टाचारलाई उन्मु्लन गर्नेकुरामा, नियन्त्रण गर्नेकुरामा, यसबाट जोगिने कुरामा, ध्यान कसरी दिने ? देशको योजना बनाउँदा हावादारी योजना बनाएर भएन । अहिले मैले बजेटको एउटा पक्ष देखेँ । कृषिको सन्दर्भमा ल्याइएका योजनाहरु मलाई साह्रो मन पर्‍यो । कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको देख्दा धन्यवाद दिन मन लाग्यो । ’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको